सभामुखबारे कांग्रेसले अझै गर्न सकेन निर्णय, पदाधिकारी बैठक निष्कर्षविहीन

सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक बिनानिष्कर्ष सकिएको छ।

बैठकमा अन्य दलहरूको निर्णय पर्खिएर सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

सत्तारूढ प्रमुख घटक नेकपा एमालेले भने झापा–२ बाट निर्वाचित सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर