सभामुखमा उम्मेदवारी दिएपछि न्यौपानेले भनिन्, ‘मेरो जित्ने आधार सांसदहरू हुन्’

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छन्।

बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताएकी हुन्। उनले आफ्नो लागि जित्ने आधारहरू भनेकै प्रतिनिधि सभाका सदस्यहरू भएको बताइन्।

उनले निर्वाचन अघिसम्म आफू नेपाली कांग्रेसको नेता भएप नि सभामुख बनेपछि सबैको सभामुखको रूपमा काम गर्ने बताइन्। उनले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रूपमा रहेर सांसद र संसद्प्रति न्याय गर्ने बताइन्।

उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला रहेका छन्। उनलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *