एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ कि जस्तो भएको छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बताएका हुन्।

उनले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताए। उनले संविधानले व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए। उनले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताए।

उनले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताए। सांसद निधिले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील, दूरदर्शी व्यक्तित्व रहेको पनि बताए।

सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताए। उनले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसद्को पूर्ण आयु कायम हुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर