कांग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेन : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रूपमा हुन नसकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि कांग्रेसकै कारण सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुन नसकेको बताए।

उनले कांग्रेस इतिहासमा हेर्ने हो भने पनि सबैभन्दा लाभ लिने र अरूलाई हस्तान्तरण नगर्ने दलको रूपमा रहेको दाबी गरे। कांग्रेसलगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरूले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न उनले आग्रह गरे।

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उनलाई सभामुखमा निर्वाचित गर्न आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *