पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौं : सीके राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पदका लागि नभई देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभई देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक रहेको बताएका हुन्। उनले राष्ट्रिय सहमति केका लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे।

उनले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले अनुहार, जाति र समुदायभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए। जसमा संसद्मा उपस्थित अधिकांश दल र सांसदहरूले १ मिनेट उठेर मौनधारण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर