खोटाङमा किशोरी हत्या अभियोगमा युवक पक्राउ

खोटाङमा किशोरीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रावाबेँसी गाउँपालिका–५, दुवेकोलका २५ वर्षीय अनन्त विक छन्।

हलेसी तुवाचुुङ नगरपालिका–७, महादेवस्थान, काभ्रेकी १७ वर्षीया रञ्जिता दाहालको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार माघ २ गते रञ्जिता मृत भेटिएकी थिइन्। घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा अनन्तले हत्या गरेको हुनसक्ने देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका अनन्तमाथि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

One thought on “खोटाङमा किशोरी हत्या अभियोगमा युवक पक्राउ

  1. दुबेकोलको मान्छेले कसरी हत्या गर्‍यो कि उनिहरु बिच प्रेम सम्बन्ध हुनुपर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर