कांग्रेस सांसद बद्री पाण्डेको आरोप- ‘केपी ओली कार्यपालिकामाथि नै धावा बोलिरहनुभएको छ’

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका हुन्।

सांसद पाण्डेले प्रतिनिधि सभा विघटन गर्नु संविधानविपरीत हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको बताए। संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरे पनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उनको भनाइ थियो।

सांसद पाण्डेले प्रतिनिधि सभाको उपसभामुख पद प्रतिपक्षलाई दिन उपयुक्त हुने धारणा राखे। नेपाली कांग्रेसले प्रतिपक्ष दलहरूको तर्फबाट सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर