कांग्रेस पदाधिकारी बैठक : राष्ट्रपति निर्वाचन समयमै हुने कानूनी व्यवस्था गर्न माग

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानूनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

सोमबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपतिको पदबहाली हुनेगरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो।

संविधान र ऐनमा सो निर्वाचनबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुनेगरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए। नु भयो । उहाँले

उनले भने, ‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको तागत लगाउने, एकताबद्ध तागत लगाउने आजको बैठकको निचोड यति नै हो। संविधान र ऐनको विषयमा केही विरोधाभाष देखिएको छ। मुख्यगरी त संविधानको जे प्रबन्ध छ, संविधानको प्रबन्धअनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैछ। राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दै गर्दा त्यो दिन अर्को राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान, कानून र यसका स्पिरिटअनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा, त्यो स्थानमा पुर्‍याउने गरी निर्वाचन गर्नुपर्छ भन्ने कुरा हो। फागुन २८ सम्म अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति बिदाइ हुने र नयाँ राष्ट्रपतिलाई बहाली गर्ने अवस्था सिर्जना गर्नुपर्छ। त्यसका लागि नेपाल सरकार र निर्वाचन आयोगले त्यो तत्परता देखाउनुपर्छ।’

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेताहरूलाई सचेत गराएका थिए। राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताए।

नेपाली कांग्रेसले सत्तारूढ नेकपा (माओवादी केन्द्र)को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर