त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुँडाललाई पक्राउ गरेको छ।

चुडाललाई पक्राउ गरिएको अख्यिारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए।

भ्रष्टाचार आरोपमा उनलाई विमानस्थल प्रहरीको सहयोगमा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।

चुडालको कार्यकक्षमा आर्थिक लेनदेन भएको सूचना प्राप्त भएपछि अख्तियारको टोली त्यहाँ पुगेको हो । डेढ लाख रुपैयाँ एउटा ट्राभल एजेन्सीसँग घुस लिएको आरोपमा पुगेको टोलीले खानतलासी गर्दा उनको कोठामा रहेको सेफबाट आठ लाख रुपैयाँ फेला परेको छ।

यस्तै केही थान मोबाइल,रेड लेबल, ब्लाक लेबललगायत महँगा रक्सी पनि फेला परेपछि निजमाथि अनुसन्धान थालिएको छ । अख्तियारको टोलीले प्रहरी वृत्त गौशालाको सहयोगमा छानबिन र अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर