‘ठूला दलहरूले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण नतिजामुखी काम गर्न समस्या भयो’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरू ट्र्याकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताएका छन्। ठूला दलहरूले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको उनको भनाइ छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरूको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरू र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिनभित्रै नतिजा आउने गरी काम हुने बताए। त्यसका लागि गृह मन्त्रालयले संवेदनशील भएर काम गरिरहेको लामिछानेले बताए।

उनले राज्यका संयन्त्रहरूलाई हिजो चलाएजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालयअन्तर्गतको आधा समस्या आफैं हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गरे।

उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरूलाई आग्रह गरे। संसद्मा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरूबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर