ठूला दलका नेताहरू संसद्मा राजाजस्तै आउँछन्, जान्छन् : सीके राउत

जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरू संसद्मा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले ठूला दलका नेताहरूसंसद्मा राजा जस्तै गरेर आउने कुराले संसद्को गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे।

अध्यक्ष राउतले सांसदहरूलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भीर ध्यानाकर्षण गराए। उनले संविधानको भावना अनुसार संसद्को नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

अध्यक्ष राउतले संसद्मा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वाससमेत व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *