बालाजुको गेष्ट हाउसमा मृत भेटिए सेनाका जवान

काठमाडौंको बालाजुमा नेपाली सेनाका जवान मृत फेला परेका छन्। बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा सेनाका जवान २५ वर्षीय विनय कार्की मृत भेटिएका हुन्।

मंगलबार बिहान करिब साढे ११ बजे उनको शव भेटिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। मृतक जवान कार्की रणभैरव गणमा कार्यरत थिए।

सहायकरथी भण्डारीका अनुसार सो गेष्ट हाउसको कोठा नं. १०२ मा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर