ई-सेवा १५औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अफरै अफर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक ‘ई-सेवा’ १४ वर्ष पूरा गरेर १५औं वर्षमा प्रवेश गरेको छ। ई-सेवा वार्षिकोत्सवको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरू सार्वजनिक गरेको हो।

सम्मेलनमा ई-सेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धतासमेत जनाएको छ। ई-सेवाले १४औं वार्षिकोत्सवको अवसरमा बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।

अफरहरूमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट ई-सेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेतालाई हीरा उपहार दिने जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै ई–सेवाका प्रमुख म्यानेजर आशीष गौतमले १४औं वार्षिक उत्सवको अवसरमा ई-सेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू रहेको बताए। उनले बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट ई-सेवामा लिंक गरेमा १४० रुपैयाँ क्यासब्याक र बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुने बताए।

उनले एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार पाउने जानकारी दिए। उनले ११ देखि १२ बजेसम्म मुभी आवर सञ्चालन हुने र सो अवधिमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने बताए।

उनले २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स टिकट, इन्टरनेट टीभीको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने बताए। उनले ३ देखि ४ बजेसम्म मेरो शेयर अफर सञ्चालन हुने र यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने बताए।

त्यस्तै ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई-सेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेको बताए। उनले आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाई डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजाने बताए।

उनले ई-सेवामा अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ई-सेवामा जोडिएका प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्था, तीन लाखभन्दा बढी मर्चेन्ट, नियामक निकायको सहयोग र विश्वासलाई विशेष धन्यवाद दिए।

ई-सेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएको जनाएको छ। १४ वर्षको अवधिमा ई-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको बताए। उनले अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेका बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर