प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रिय सभा सदस्यको निर्वाचन र सरकारको कामकारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *