सशस्त्र प्रहरीमा वरिष्ठ सईदेखि सहायक हवल्दारसम्मको बढुवा हुँदै

सशस्त्र प्रहरी बल, नेपालले एकैसाथ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)देखि सहायक हवल्दारसम्मको बढुवा गर्ने तयारी गरेको छ।

बढुवा समितिको माघ ११ गते बसेको बैठककाे निर्णयअनुसार वरिष्ठ सई, सई, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि सूचना निकालिएकाे हाे।

सूचनामा बढुवा गर्नुपर्ने संख्या भने खुलाइएको छैन। सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त केही पदमा पदपूर्तिका लागि बढुवा गर्न लागिएको सूचनामा उल्लेख छ।

बढुवाका सम्भाव्य उम्मेदवारहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रयोजनका लागि आवश्यक प्रमाणपत्रहरू संलग्न गरी मूल्यांकन फाराम भरेर सशस्त्रको प्रधान कार्यालय, बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ।

हेर्नुहाेस् सूचना –

 वरिष्ठ सई बढुवासम्बन्धी सूचना

सई बढुवासम्बन्धी सूचना

वरिष्ठ हवल्दार बढुवासम्बन्धी सूचना

हवल्दार बढुवासम्बन्धी सूचना

सहायक हवल्दार बढुवासम्बन्धी सूचना

प्रतिक्रिया

One thought on “सशस्त्र प्रहरीमा वरिष्ठ सईदेखि सहायक हवल्दारसम्मको बढुवा हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर