एक हजार बढी सैनिकहरूकाे सामूहिक हत्या अभियाेगमा इराकमा १४ जनालाई मृत्युदण्ड

इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतंककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो। नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो।

सन् २०१४ मा इराकको टिक्रिट शहरमा आईएस आतंककारीहरूले कब्जा गर्ने प्रयास गरेका थिए। त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए।

यसरी आम रूपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो। इराकी शहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आईएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए।

उनीहरूले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए। ती भिडियोहरू सो समयमा पनि सार्वजनिक भएका थिए। ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर