ई-सेवाको कर्मचारी हुँ भन्दै १६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

आफू ई-सेवाको आधिकारिक कर्मचारी रहेको बताउँदै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-२ घर भएका १९ वर्षीय शुभम साह छन्।

उनले प्रेम बानियाँ, माधव लामिछानेलगायतका ३३ जनाबाट १६ लाख १३ हजार २१ रुपैयाँ ठगी गरेको अभियोग छ। ठगीमा परेको भनी ३३ जनाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाल कोइरालाले जानकारी दिए।

उनले ई-सेवाको कर्मचारी हुँ, ई-सेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युर ट्रान्सफर चार्ज नलाग्ने जस्ता विविध कार्यहरू गरिदिन्छु भनी प्रलोभनमा पार्ने, विभिन्न मोबाइल नम्बरबाट झुक्यानमा पारी फोन सम्पर्क गरी ई-सेवा प्रालिका सेवाग्राहीहरूकै मोबाइल नम्बरमा ओटीपी पठाई उक्त कोड मागी लिएपश्चात् सेवाग्राहीहरूको वालेट आईडीमा अनाधिकृत पहुँच बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

वालेट आईडीमा अनधिकृत पहुँच बनाएर विभिन्न बैंक खाता तथा वालेटहरूमा रकम ट्रान्सफरलगायत भुक्तानीसमेत गरी उनी सम्पर्कविहीन भएको निवदेकहरूले उजुरी दिएका थिए।

पक्राउ परेका साह विशेषगरी कोटेश्वर, तीनकुने, शंखमुल क्षेत्रमा लुकिछिपी बस्ने गरेका थिए।

साहले काठमाडौंका सपिङ कम्प्लेक्स, डान्स क्लबजस्ता ठाउँमा रकम भुक्तानी गरेको सीसीटीभी फुटेजबाट देखिएको छ।

साहलाई प्रहरीले आश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर