अध्यागमन विभागको सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलमा उडान रोकियो

अध्यागमन विभागको सर्भर डाउन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकिएको छ।

विभागको बेवसाइटमा समस्या आउँदा करिब एक घण्टा बढी समयदेखि उडान रोकिएको हो।

विभागको वेबसाइटमा समस्या आउँदा ४/५ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको र प्राविधिकहरूले समस्या समाधानको प्रयास गरिरहेको विमानस्थल अध्यागमन प्रमुख वासु घिमिरेले बताए।

उडान रोकिँदा सयौं यात्रुहरू अलपत्र परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर