देशभरका सबै सरकारी वेबसाइट डाउन

सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएका छन्। सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकारअन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार बिहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो। सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर