सरकारलाई विश्वासको मत दिँदैमा कांग्रेस विपक्षी दलबाट कट्टा हुँदैन : रामनारायण बिडारी

राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन्।
.
शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने बताए।

उनले सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरूले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको बताए। उनले संविधानले विपक्षी नेताको व्याख्या गरेको भए पनि विपक्षी दलको व्याख्या नगरेको बताए। उनले नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा नहुने जिकिर गरे।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्का अधिकांश दलहरूले विश्वासको मत दिएका थिए। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिएनन्। नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसद्मा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ।

वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर