सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयन भए नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्ववन भए नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका हुन्।

उनले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताए। उनले तत्कालका लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गरे।

पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताए। उनले सबैलाई बाँध्नका लागि बनाएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर