उपकार र सिभिल लघुवित्तले घोषणा गरे लाभांश

उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सिभिल लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद गरी कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ।

हिमालयनको हकप्रद
हिमालयन उर्जा विकास कम्पनीले दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:२ को अनुपात अर्थात् दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै हकप्रद सेयर निष्कासन हुनेछ। साथै विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर