पोखरामा शरीरमा आगो लगाएर एक युवाद्वारा आत्मदाह प्रयास, बचाउन जाँदा महिला घाइते

पोखरामा एक युवाले आत्मदाहको प्रयास गरेका छन्। पोखरा-१३ बस्दै आएका ती युवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका हुन्।

भाडामा बस्दै आएका युवाले शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउनेबित्तिकै घरबेटी एक महिला आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उनी पनि घाइते भएको प्रहरीले जनाएको छ।

आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आत्मदाह प्रयास गर्नुको कारण भने खुलेको छैन। घाइते दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ।

पछिल्लो समय आत्मदाह र आत्मदाह प्रयासका घटनाहरू अस्वाभाविक रूपमा बढिरहेका छन्। यसअघि काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा निधन भएको थियो। यस्तै विराटनगर महानगरपालिका-३ पोखरियाका ५७ वर्षीय व्यवसायी मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर