सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट हुने

पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।

ललितपुर टेबल टेनिस क्लबले आइतबार पत्रकार सम्मेलन गरेर पाँचौं सम्झाना कप टेबल टेनिस प्रतियोगिता माघ १७ देखि २१ सम्म आयोजना हुने जनाएको हो। प्रतियोगितामा विभिन्न देशका खेलाडीले समेत सहभागिता जनाउने आयोजकले जानकारी दियो। आयोजकका अनुसार प्रतियोगितामा नेपाली खेलाडीका अलावा भारतका नौ, बेलायतका दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक÷एक खेलाडीले भाग लिनेछन्।

पाँच दिनसम्म चल्ने प्रयितोगितामा मेन्स सिंगल, विमेन्स सिंगल, मेन्स टिम, विमेन्स टिम, मेन्स भेट्रान (४० वर्षमाथि), विमेन्स भेट्रान (४० वर्षमाथि) र मेन्स भेट्रान सिंगल (५५ वर्षमाथि) गरी कुल सात विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा पुरुषतर्फ कुल २ सय तथा महिलातर्फ ५६ खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा मेन्स सिंगल तथा विमेन्स सिंगलको विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनबाट बाहिरिने दुई खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। मेन्स टिम तथा विमेन्स टिमतर्फको विजयीले पनि यही पुरस्कार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो। यसैगरी भेट्रानतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइनलबाट बाहिरिने दुई खेलाडीलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।

मुख्य प्रायोजकका रूपमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. रहेको प्रतियोगितामा डबल हेपिनेसको बोर्डसँगै बल पनि प्रयोग हुनेछ। यसमा लाग्ने सम्पूर्ण खेल सामग्रीको प्रायोजन नेपालका लागि डबल हेपिनेसको अधिकारिक बिक्रेता चाइना ट्रेड लिंक लि निङले गर्नेछ। चाइना ट्रेड लिंकको लि निङले पनि प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कारको व्यवस्था गरेको छ। आइतबार एक कार्यक्रमबीच चाइना ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक राजेन महर्जन र क्लबका अध्यक्ष उर्दीप जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर