चलचित्र ‘पशुपतिप्रसाद २ भष्मे डन’ निर्माण हुने

चलचित्र ‘पशुपतिप्रसाद २ भष्मे डन’ निर्माण हुने भएको छ। आइतबार काठमाडौंमा ‘पशुपतिप्रसाद’को ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हा।

चलचित्र निर्माण टिमले यो चलचित्र ‘पशुपतिप्रसाद’को दोस्रो सिक्वेल नभएको बताएको छ। चलचित्र ‘पशुपतिप्रसाद’को प्रमुखमध्ये एक पात्र भष्मे डनको चरित्रमाथि बनाइने निर्माण टिमले बताएको छ। चलचित्रमा ‘पशुपतिप्रसाद’की अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने छैन। तर, अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रूपमा रहनेछन्।

कार्यक्रममा बोल्दै अभिनेता रवीन्द्रसिंह बानियाँले ‘पशुपतिप्रसाद’ बनाउने कि नबनाउने भनेर धेरै सोचेपछि मात्रै फिल्म बनाउन लागेको बताए। उनले ‘पशुपतिप्रसाद’को मायालाई कुनै कमी हुन नदिने गरी फिल्म बन्न लागेको बताए।

कार्यक्रममा अभिनेत्री वर्षा शिवाकोटीले ‘पशुपतिप्रसाद’ चलचित्र आफ्नो लागि धेरै नै महत्त्वपूर्ण भएको बताइन्। मेरो जोडी ‘पशुपतिप्रसाद’सँग भएकाले त्यहीअनुसारको पात्र हुनुपर्छ भन्ने हिसाबले आफूलाई फिल्ममा नपर्दा पनि चित्त बुझाएको बताइन्।

कार्यक्रममा चलचित्र निर्देशक दीपेन्द्र के खनालले ‘पशुपतिप्रसाद’ बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको बताए।

कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले ‘पशुपतिप्रसाद’को सिक्वेल बनाउन लामो समयदेखि कुरा भए पनि अर्थपूर्ण बनाउने कुरामा नै अहिलेसम्मको समय कुरेको बताए। उनले ‘पशुपतिप्रसाद’ रिलिज भएको ७ वर्ष पूरा भएपछि मात्रै ‘पशुपतिप्रसाद २ भष्मे डन’ बनाउन लागेको बताए। उनले सबै दर्शकको मन जित्ने तरिकाले फिल्म बनाउने बताए।

त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले ‘पशुपतिप्रसाद’ आफूले एक्लै हलमा हेरेको फिल्म भएको बताइन्। उनले ‘पशुपतिप्रसाद’लाई अहिलेसम्म पनि धेरैले मन पराउने बताइन्। चर्चित फिल्ममा आफूले सहकार्य गर्न पाउँदा धेरै नै खुशी लागेको बताइन्। उनले आफूलाई फिल्ममा समयको भन्दा पनि पात्रको भूमिका कति महत्त्वपूर्ण छ भन्ने कुराले महत्त्व राख्ने बताइन्।

चलचित्रमा विपिन कार्कीको पनि मुख्य भूमिका रहनेछ। टुकी आर्ट्सकाे ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, मिस्श्री थापा, सजन थापामगर, विभू पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहने बताइएको छ। चलचित्रको डीओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन्। चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनेछन्। चलचित्र आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *