प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरूबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए। काठमाडौंका प्रमुख शाहले महानगरको कामकारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर