नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौं : उपविदेशमन्त्री न्युल्यान्ड

दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन्। सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन्।

उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन्। उनले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाइन्।

उनले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाइन्। उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन्। उपविदेशमन्त्री न्युल्यान्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताइन्।

सो अवसरमा उपविदेशमन्त्री न्युल्यान्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरेकी थिइन्। आज नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गनरेकी थिइन्। नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *