पाकिस्तानको पेशावर मस्जिद विस्फोटमा मृत्यु हुनेको संख्या २८ पुग्यो, १५० घाइते

पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ।

उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन्। उनका अनुसार मस्जिदभित्र उद्धार प्रयास जारी छ। शहरभरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ ।

पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पंक्तिमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

विस्फोट हुँदा मस्जिदमा कम्तीमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतंकवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहनसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर