टी-२० लिग विवाद : क्यान बैठकमा ७ केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा

नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन।

बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन्।

‘हामीले अध्यक्षज्युको राजीनामा माग गरेका छौं  त्यसैमा अधीन छौं। अहिले बैठक रोकिएको छ, सुरु हुन सकेको छैन,’ अध्यक्षको राजीनामा माग गरेका मध्येका एक केन्द्रीय सदस्यले भने।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन्। बैठक मंगलबार दिउँसो १२ बजेदेखि लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर