महिला सहभागिता पुरुष बराबर बनाउने कुरालाई दलहरूले बेवास्ता गरे : पूर्वअध्यक्ष शाक्य

नेपाल कानून समाजका पूर्वअध्यक्ष तीर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह नै बनाउने कुरालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरूले महिला सहभागितालाई हेलचेक्र्याँइ गरिरहेको आरोप लगाएका हुन्।

उनले महिलाको राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको बताए। उनले महिलाई हरेक क्षेत्रमा रहेर बुझ्ने अधिकार नै प्रदान नगरिकएको भन्दै महिलालाई बुझ्ने स्थानमा लैजान अभिमुखीकरण कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको बताए।

उनले महिलालाई स्थान दिने बेलामा राजनीतिक दलहरू पात्र नै उपयुक्त नभएको जस्ता तर्कहरू गरेर पन्छिने गरेको भन्दै संविधानले व्यवस्था गरेपछि राजनीतिक दलहरूले सो क्षेत्रका लागि उपयुक्त पात्र तयार गरेर भए पनि संविधानअनुसार चल्नुपर्ने बताए।

पूर्वअध्यक्ष शाक्यले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य समय घटाउने मात्रै नभइ बन्न पाउने अधिकतम उमेरको बारेमा पनि छलफल हुन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर