जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको विरोध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन गरेको छ।

बुधबार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरू भेला भई विरोध जनाएका हुन्। उनीहरूले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भए पनि त्यो हुन नसकेको बताए। उनीहरूले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरू चुप लागेर बस्न नसक्ने बताए।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिए। उनले जनक शिक्षा सामग्रीका प्रबन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।

उनले गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको बताए। उनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरूप्रति आन्दोलन गरिने चेतावनी दिए।

अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने काम गर्नेकुरा आफूहरूलाई अमान्य रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर