पर्यटकीय ‘हब’ बन्दै बागलुङस्थित गाजाको दह

बागलुङ जिल्लामा अवस्थित गाजाको दह पछिल्लो समय एक पर्यटकीय ‘हब’ को रूपमा विकसित हुँदै गइरहेको छ।

बागलुङ जिल्ला, जैमनी नगरपालिका–३, दमेकमा पर्ने यो दह प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले वर्षैभरि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

समुद्र सतहदेखि दुई हजार चार सय ८० मिटरको उचाइमा अवस्थित बागलुङ जिल्ला सदरमुकामबाट २४ किलोमिटर टाढा रहेको यो दह करिब चार घण्टाको पैदल र डेढ घण्टाको गाडीको यात्रा गरेर पुग्न सकिन्छ।

अग्लो पहाड, पहाडको बीचमा दह, मन्दिर र परम्परागत शैलीमा बनेका घरहरू, शान्त वातावरण र स्वच्छ हावापानी आदि यस दहका मौलिक पहिचानका रूपमा रहेका छन्। ऋतुअनुसार फरकफरक सुन्दरता देख्न सकिने यस क्षेत्रमा हिउँदको समयमा हिउँ खेल्न र गर्मीयाममा गर्मी छल्न आउनेहरूको भीड नै लाग्ने गरेको छ।

जैमनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार यस क्षेत्रको विकास र पर्यटकीय प्रवर्द्धनका लागि आवश्यक प्रयास र पहल भइरहेको छ। उनका अनुसार यस क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै थप भौतिक तथा प्राविधिक विकास गरेर एक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रमुख प्राथमिकताका साथ केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गर्ने भावी योजनामा आफूहरू रहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर