लागुऔषध कारोबार आरोपमा प्रहरी सहायक हवल्दार पक्राउ

लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन्। लागुऔषधसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि सहायक हवल्दार सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव पक्राउ परेका हुन्।

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम ब्राउन सुगरसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो। खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको हो।

भारतको जोगवनीबाट लागुऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार यादव पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत छन्। प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा खानले प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट लागुऔषध ल्याउन लगाएको बयान दिएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि प्रहरी सहायक हवल्दार अमरनाथ यादवमाथि माथि अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर