थाँती रहेका विधेयकहरू तत्काल संसद्मा पेस गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरू तत्काल संसद्मा पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिएका हुन्।

बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसद्लाई विजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे। मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरूबीच छलफल गरिएको बताए।

मन्त्री किरातीले संसद्लाई विजनेशसमेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरूले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरूलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर