सांसदहरू काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख

उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप, चुपजस्ता वाक्यांशहरू प्रयोग गरेर हेप्ने गरेको बताएकी हुन्।

आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको उनले बताइन्। उनले उपसभामुख अब चुप नभइ उपर अर्थात् झनै माथि जाने भएको बताइन्।

उनले संसद्मा महिला सांसदहरूले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन्। उनले सांसदहरू काठमाडौं केन्द्रित हुन नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताइन्।

उपसभामुख रानाले सांसदहरूले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरू संसद्मा उठाउनुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर