सांसदहरूले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरूको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नागरिकका समस्याहरूको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरूलाई समाधान गर्न संसद्मा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने बताए। सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरूको आचार, व्यवहारहरू जनमुखी हुन नसकेको भन्दै संसद्मा आइसकेपछि जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिए।

उनले विगतमा संसद्मा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरूले आफ्नो संसदीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरूको काम खोजिरहेको बताए।

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर