बैंकको सीडी रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सीडी रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक रहेको बताएका छन्।

बुधबार आर्थिक मिडिया सञ्चाल संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैंकले बैंकको सीडी रेसियोमा छुट्टै स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताएका हुन्।

उनले राष्ट्र बैंकले बैंकको सीडी रेसियामा उत्पादन क्षेत्रको लागि छुट्टै स्पेशल व्यवस्था गर्दा पैसा आउन सक्ने बताए। उनले उत्पादशील क्षेत्रको लागि बैंकिङ ब्याजदर सिंगल अंकमा ल्याउन आवश्यक रहेको बताए।

उनले उत्पादनशिल क्षेत्रमा ब्याजदर कम गर्नको लागि २ प्रतिशत निक्षेपको ब्याजदर घट्न आवश्यक रहेको बताए। अध्यक्ष गोल्यानले सरकारले आयातमुखी भन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए।

उनले विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिमा उत्पादन र अनुत्पादित क्षेत्रको लागि फरक–फरक ब्याजदर कायम गर्ने नीति ल्याए पनि कार्यान्वयन नभएको भन्दै पुनः त्यस्तो नीति ल्याउन आवश्यक रहेको बताए। उनले उत्पादनशील क्षेत्रको लागि एकल अंकभन्दा ब्याज बढ्न नहुने बताए। उनले बैंकको कर्जा लिँदा ७ प्रतिशत ब्याजबाट १५ प्रतिशत पुग्दा व्यवसायीहरूले धान्न सक्ने अवस्था आएको बताए।

अध्यक्ष गोल्यानले पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई समस्या पर्नुको मुख्य कारण बैंकहरूमा लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसक्ने भएको बताए। उनले सरकारले मुलुक आयातमुखी नभई आत्मनिर्भर हुनको लागि नेपालमा उत्पादन हुने १० वस्तुमा आयात प्रतिबन्ध गर्न आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *