रास्वपाले समर्थन फिर्ता नलिने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका छन्।

पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई सञ्चारकर्मीहरूले रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए। जवाफमा उनले भने, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म।’

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार अपराह्न केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ। उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर