म्युजिकल फिल्म ‘गल्ली’ सार्वजनिक (भिडियो)

म्युजिकल फिल्म ‘गल्ली’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म ‘गल्ली’ सार्वजनिक भएको हो ।

१० मिनेट ३५ सेकेन्डको म्युजिकल फिल्म ‘गल्ली’को सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनै पनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए। उनले आफूले पनि मन बूढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताए। उनले आफ्नो मन बूढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताए।

सो अवसरमा उनले आफ्नो गीत आएर सुनाएका थिए। उनले कलाकार जितु नेपालको चलचित्र ‘ह्यारीकी प्यारी’ अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टा गरे।

त्यस्तै कार्यक्रममा अभिनेता जितु नेपालले शुक्रबारबाट चलचित्र ‘ह्यारीकी प्यारी’ हलहरूमा प्रदर्शन हुने भन्दै चलचत्रिमा आफू र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम कहानीको उतारचढाव रहेकाले सबैलाई हेरेर साथ दिन आग्रह गरे।

गीतमा स्वर यशकुमार र मेचु धिमालको रहेको छ भने गीतको भिडियोमा रेश्मा घिमिरे, यशकुमार, राजेश घतानी लगायतका कलाकारको अभिनय रहेको छ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर