
पक्राउ परेका सांसद अरुण चौधरीलाई २४ घण्टाभित्र छाड्न नागरिक उन्मुक्तिकाे अल्टिमेटम

नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।
जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो।
‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घण्टाभित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले निकालेको विज्ञप्तिमा उल्लेख छ।
कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो। तर, उनी त्यो सजाय भुक्तान नगरी सांसद निर्वाचित भएका थिए ।
बाँकेमा पक्राउ परेका चौधरीलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर फेरि धनगढी लागिएको छ।
प्रतिक्रिया