LIVE

सरकारबाट बाहिरीने केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठककाे निर्णयपछि अध्यक्ष रबि लामिछानेको पत्रकार सम्मेलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने पार्टीले निर्णय गरेको हो ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका थिए ।

नेपाली नागरिकता लिएपछि उनी उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए । तर लगातार संवाद गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।

यस विषयमा अहिले केही समयमै अध्यक्ष लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर