रामकृष्ण ढकालको ‘आमाको ममता’ सार्वजनिक (भिडियाे)

गायक रामकृष्ण ढकालको गीत ‘आमाको ममता’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताए । उनले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाहरूले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरूलाई समेटिएको बताए ।

उनले समाजमा नराम्रा मानिस जति छन् त्यत्ति नै राम्रा मानिस रहेको बताए । उनले गीतले आफ्नो जीवनको केही अंश प्रस्तुत गरेको बताए । उनले कहिलेकाहीँ जन्म दिनेभन्दा कर्म दिने अभिभावक महत्त्वपूर्ण हुने बताए ।

गायक ढकालको स्वरमा रहेको गीत आमाको ममताको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ ।

गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनीहरुसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ ।

विधान कार्कीले निर्देशन गरेको भिडियोका छायाँकार उत्सव दाहाल हुनुहुन्छ भने सम्पादन विकास दाहालले गरेका हुन् । मनिषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतमले प्रोडक्शन डिजाइन गरेका छन् ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *