टर्कीमा भूकम्पपीडितको उद्धारमा कठिनाइः तापक्रम माइनस १० डिग्री सेल्सियस, मृत्यु हुनेको सङ्ख्या ३४०० नाघ्यो

दश घण्टा भित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा भूकम्पमा परी कम्तीमा तीन हजार चारसय बढीको मृत्यु भएको छ भने आठ हजार ५३३ घाइते भएका छन् ।

त्यस्तै दुई हजार ८३४ भवनमा क्षति पुगेको विपद् व्यवस्थापन तथा इएमआरले जनाएको छ । त्यस्तै विपद् व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार कार्य जारी रहेको पनि उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार बिहान ४स् बजेर १७ मिनेटमामा तुर्किको दक्षिणी प्रान्त कहरामनमारासमा ७। दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियन्टेपमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प र दिउँसो १ः२४ मा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोलीहरू भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो । प्राधिकरणले नौ हजार ८९६ खोज एवं उद्धार कर्मचारी र २१६ सवारी साधन विपद् प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ ।

टर्की सेनाले पनि इस्तानबुल, अङ्कारा र इज्मिर प्रान्तबाट १८ वटा विमानहरू सहित कर्मचारीहरू पठाएको सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसै बीच टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार कार्यलाई सक्षम र व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरेको छ । भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले हिमपहिरोका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ । मौसम सेवाले बिहीबारसम्म दक्षिणपूर्वी टर्कीमा वर्षा र हिमपातको पूर्वानुमान समेत गरेको छ।

एनटीभी प्रसारकले व्यापक हिउँ परेको कहरामनमारस प्रान्तमा उद्धार प्रयासहरू भइरहेको देखाएको छ जहाँ दुई बालबालिकालाई कङक्रीटको भग्नावशेषको ठूलो स्ल्याबबाट जिउँदै निकालिएको थियो।

भूकम्प प्रभावित क्षेत्रहरू छाड्न खोजिरहेका मानिसहरू ट्राफिक जामका कारण अलपत्र परेका छन् । टर्किएले भूकम्पपछि स्तर(४ अलार्म जारी गर्दै अन्तरराष्ट्रिय सहायताको आह्वान पनि गरेको छ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पपछि करिब ४५ देशबाट तुर्किएलाई सहयोगको प्रस्ताव आएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर