मधेस सरकारमा सहभागी भयो माओवादी, सुनिता मन्त्री र रहबर राज्यमन्त्री नियुक्त

मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। नेकपा माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराई उनले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

उनले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे शपथ लिने कार्यक्रम तोकिएको छ।

यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए। अब मधेस सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् हुनेछ।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममै मुख्यमन्त्री यादवले माओवादीलाई सरकारमा सामेल गराउन चाहेका थिए। तर दुई वटा मन्त्रालय पाउनुपर्ने भन्दै उसले मानेको थिएन। केन्द्रीयस्तरबाट जसपा र माओवादीबीच वार्ता भएपछि माओवादी सरकारमा सहभागी भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *