सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा प्रविधिको विकास हुन सकेन : राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताएका छन्। मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक-२०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भए पनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताए। उनले आगामी दिनमा मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताए।

उनले आईटी अध्ययनरत विद्यार्थीहरूलाई पार्ट टाइम जबका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने बताए। अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरू खोल्नुपर्ने बताए। उनले आईटी क्षेत्रलाई प्रवर्द्धन गर्न सके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरूलाई नेपालमै रोक्न सकिने बताए।

अध्यक्ष मल्लले कुनै पनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताए। उनले विदेशी कम्पनीहरूसँग नेपालका कम्पनीहरूले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताए।

उनले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने बताए। उनले अहिले बैंकको ब्याजदर पनि घट्न सक्ने अवस्था रहेको बताए। अध्यक्ष मल्लले बैंकहरूले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *