राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड च्याम्पियन

विभागीय टोली एपीएफ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यू डायमण्डले छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपीएफलाई न्यू डायमण्डले २८–२६, २५–२२, १९–२५,२६–२४,१५–९ को नतिजा निकाल्दै उपाधि जितेको हो।

यसअघि लिग चरणमा समेत न्यू डायमण्डले एपीएफलाई हराएको थियो। प्रतियोगितामा समान २ खेलमा जित हात पार्दै न्यू डायमण्ड र एपीएफले फाइनल खेलमा स्थान बनाएका थिए।

उपाधिसँगै न्यू डायमण्डले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। यस्तै उपविजेता एपीएफले १ लाख ५० हजार प्राप्त गरेको छ भने तेस्रो बनेको नेपाल पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

मंगलबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको हो। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ४ टोलीको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर