सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यावहारिक बनाउन आवश्यक : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यावहारिक बनाउन आवश्यक रहेको बताएका छन्।

मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरूलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्ने गरी दिन आवश्यक रहेको बताएका हुन्।

उनले सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सीमित भएको गुनासो गरे। उनले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिन सक्ने शिक्षा दिने गरी परिमार्जन गर्न आवश्यक रहेको बताए।

उनले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताए। उनले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यहीअनुसार तालिम दिन सुझाव दिए।

उनले उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरूबीच समन्वय आवश्यक रहेको बताए। उनले उद्यमशीलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरू भए पनि सम्बन्धित सरोकारवाला निकायहरूबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्न सक्ने बनाउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *