प्रधानसेनापति शर्मा र बेलायतका रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्री एन्ड्र्यू मरिसनबीच भेटवार्ता भएको छ। प्रधानसेनापति शर्मा र रक्षामन्त्री मरिसनबीच सैनिक मुख्यालय जंगी अड्डामा बुधबार भेटवार्ता भएको हो।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

रक्षामन्त्री मरिसनले यसअघि बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर