अमेरिकी राष्ट्रपति बाइडेनको प्रजातन्त्र सम्मेलनमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा

अमेरिकी सहयोग नियोग (यूएसएआईडी)की प्रमुख समान्था पावरले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरिएको बताएकी छन्।

दुई दिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन्। प्रमुख पावरले सम्मेलनको अधिकांश कार्यक्रम भर्चुअल्ली हुने भन्दै नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहितका सम्बोधन गर्ने अवसर हुने बताएकी छन्।

‘प्रधानमन्त्रीले विगतमा गरेका प्रतिबद्धता र सुधारका वाचा र उहाँको आगामी दिन कानुनी शासन र प्रजातान्त्रिक संस्थाहरुको सशक्तिकरणको योजनाको धारणा राख्ने अवसर हुने छ,’ उनले भनिन्।

गत सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयन गर्नका लागि नागरिक समाजले पनि भूमिका निर्वाह गरिरहेको उनले बताएकी थिइन्।

सञ्चारकर्मीहरूले वाशिङ्टनमा आयोजना हुने सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निम्तो भएको वा नभएको विषयमा जिज्ञासा राखेपछि पावरले नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग जिज्ञासा राखेर जवाफ दिएकी थिइन्। पहिलो सम्मेलनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर