संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने सुवास नेम्वाङको प्रस्ताव

नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव रमखेका हुन् । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियमनै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो । उनले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए ।

उपाध्यक्ष नेम्वाङले भने, ‘त्यो गेटभन्दा बाहिर एकदम त्यो क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेस्र्याएर बसेको जस्तो लाग्ने । उहाँहरु बिचरा त्यो लिएर कुँदिरहनु पर्ने । अलि कस्तोकस्तो लाग्दो रहेछ त्यो । त्यसकारण यत्रो त गरिरहेका छौ हामीले । प्रेस मिट रुम एउटा भव्य बनाउन । जहाँ केही प¥यो माननीय सदस्यहरु पनि जानु हुन्छ । दलका नेताहरु पनि जानु हुन्छ । पत्रकार साथीहरु पनि त्यहाँ बस्नु हुन्छ । प्रवक्तालाई पनि सजिलो । त्यहाँ जानु हुन्छ । त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर यो भव्य व्यवस्था गरौं भन्ने आग्रह छ ।’

उपाध्यक्ष नेम्वाङ पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर